दुवै छोरा जनयुद्धमा गुमाएका नेता अशोक रोकायाको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

मंगलबार, असोज २०, २०८३

बाँके । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता अशोक रोकाया ‘संकल्प’को निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा नेता रोकायाको असामयिक निधन भएको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको प्रचण्डले बताएका छन्।

प्रचण्डले महान् जनयुद्धका क्रममा आफ्ना दुवै सुपुत्र गुमाउनुभएका बाँकेका नेता रोकायाको योगदानको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

शोक वक्तव्यमार्फत प्रचण्डले दिवंगत नेता रोकायाकी छोरी मञ्जुसहित सम्पूर्ण परिवारजन, आफन्त तथा सहयोद्धा कमरेडहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले शोकको यस अत्यन्त पीडादायी घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरेका छन्। रोकाया पुर्व संविधानसभा सदस्य समेत हुन l

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  ०९:०४
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार