कांग्रेस महाधिवेशनको बन्दसत्र पनि खुलामञ्चमै हुने

आइतबार, असोज १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा उदघाटन हुँदैछ । भोलि र पर्सि बन्दसत्र सञ्चालन हुनेछ । महाधिवेशनको बन्दसत्र पनि खुलामञ्चमै हुने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग–अलग प्रतिवेदन प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल गराउने तयारी कांग्रेसको छ ।

बन्दसत्रमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएकाले एउटा हलमा करिब ३ हजार प्रतिनिधि अट्ने गरी तीनवटा हलको तयार पारिएको नेपाली कांग्रेसले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार