कांग्रेस महाधिवेशन : आज बन्द सत्र, भोलि मनोनयन दर्ता

सोमबार, असोज १९, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज (सोमबार) देखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह आइतबार खुलामञ्चमा भव्य रूपमा सम्पन्न भएसँगै आजदेखि बन्दसत्र र निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान १० बजे केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समितिको बैठक सकिएलगत्तै बन्दसत्र सुरु हुनेछ। बन्दसत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रियाले गति लिनेछ।

निर्वाचन समितिका अनुसार आजै साँझ ५ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। नामावली प्रकाशनसँगै दाबी विरोध र छानबिनको प्रक्रिया सुरु हुनेछ।

त्यस्तै, उम्मेदवार मनोनयन दर्ताको लागि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। उम्मेदवारहरूको मनोनयन दर्तापछि नामावली प्रकाशन, दाबी विरोध, नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी असोज २२ गते मतदान हुनेछ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  ०९:०६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार