सर्वराज जोशी कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त

सोमबार, असोज १९, २०८३

सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा दैलेखका अधिवक्ता सर्वराज जोशी नियुक्त भएका छन् ।

नारायण नगरपालिका–१, दैलेख निवासी जोशीलाई कर्णाली प्रदेश सरकारले नियूक्त गरेको हो । 

मुख्य न्यायाधिवक्ताका रूपमा जोशीले प्रदेश सरकारलाई कानुनी राय तथा परामर्श दिने, प्रदेश सरकारका तर्फबाट अदालतमा प्रतिनिधित्व गर्ने तथा प्रदेश सरकारसँग सम्बन्धित कानुनी विषयमा आवश्यक भूमिका निर्वाह गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १४:५५
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार