सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
ससुराको हत्या गरेको आरोपमा जाजरकोट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका- ५ पाँगा निवासी शर्मिला शाही रहेकी जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिए।
गएको साउन ११ गते दिउँसो ७५ वर्षीय गंगाराम शाही जुनिचाँदे गाउँपालिका- ५ पाँगास्थित आफ्नै घरमा मृत भेटिएका थिए। दारिलो हतियारले घाँटीमा प्रहार गरेको अवस्थामा उनको शव भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।
गंगारामको हत्यामा बुहारी शर्मिलाको संलग्नता रहेको भन्दै शाहीका जेठा छोरा राजकुमार शाहीले यही असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए।
सोही जाहेरीका आधारमा शर्मिलालाई प्रहरीले असोज ८ गते घरबाटै पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत जाजरकोटबाट १० दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
शर्मिलाले ससुराको हत्या गर्नुको कारण भने प्रहरीले खुलाएको छैन।