वर्षासँगै ठूलो हावाहुरी चल्ने विभागको चेतावनी

शनिबार, असोज १०, २०८३

वर्षासँगै ठूलो हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार अपराह्न सूचना जारी गरी हावाहुरी चल्न थालेको जनाएको छ। विशेष गरेर मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो हावा चलिरहेको छ। 

भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रका कारण आज राति पनि चारै प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। 

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आइतबार दिउँसो पनि ठूलो हवा चल्ने सम्भावना रहेको जनाएको छ। ठूलो हावा चल्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रका कारण तीन दिनदेखि देशभर वर्षा भइरहेको छ। शनिबार बिहानदेखि पश्चिम नेपालमा पानी परिरहेको छ। यो क्रमम आइतबारसम्म रहने जनाइएको छ। 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १६:१२
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार