सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने क्रममा आज थप ११ शव फेला परेका हुन्।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा आज ११ वटा शव पारी बाहिर निकालिएको आयोजनाले जानकारी दिएको छ।
यसअघि शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएका थिए। खोजी अझै जारी छ।