देउवा समूहले महाधिवेशनका लागि खटायो ७७ जिल्लामा प्रतिनिधि

शनिबार, भदौ २७, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ।

महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुइँकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराएका हुन्।

१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ।

खटिएका प्रतिनिधिलाई मंसिर २१ देखि २३ गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज १५ गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिएको छ।798586817_28233449392974253_5645911749438737738_n-1789215307.webp800065208_1817606216257015_2762857096911553548_n-1789215340.webp
 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १८:०१
प्रतिक्रिया दिनुहोस्