तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु पुष्टि, ६५ घाइते

शुक्रबार, कात्तिक ६, २०८३

तिब्बतमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पपछि १२ हजार ४०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। राहत र उद्धार जारी छ। शुक्रबार बिहानसम्म ४०० भन्दा बढी परकम्प गएको जनाइएको छ। 

स्थानीय आपत्‌कालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार बिहीबार राति नाग्कु क्षेत्रको बाचेन काउन्टीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

यो तिब्बतको राजधानी ल्हासाबाट लगभग ४०० किलोमिटर टाढा पर्छ। भूकम्प १० किलोमिटरभन्दा कम गहिराइमा गएको थियो।

अधिकारीहरूले घटनालाई 'आपतकाल' घोषणा गरेका छन्। भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली खटिएका छन्। उक्त क्षेत्रमा ६५ जना घाइते भएका छन्, जसमध्ये ११ जनाको अवस्था गम्भीर छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  १७:०१
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार