सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। असोज ५ गतेदेखि काठमाडौंमा सुरु भएको सम्मेलन बुधबार सम्पन्न भएको हो।
सम्मेलनले उदयबहादुर चलाउने ‘दिपक’को नेतृत्वमा ८५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। नवनिर्वाचित ८५ सदस्यीय केन्द्रीय समितिमा ३९ जना नयाँ सदस्य थपिएका छन्। त्यस्तै, १० जना पुराना केन्द्रीय सदस्यले केन्द्रीय समितिबाट बिदाइ लिँदै पार्टीमा फरक जिम्मेवारी सम्हाल्ने भएका छन्।
केन्द्रीय समितिबाट बिदाइ लिनेमा पूर्व स्थायी समिति सदस्यहरू कृष्ण धमाला ‘गम्भीर’, डिडी पाण्डे ‘प्रतीक’, देवकला अधिकारी ‘मुक्ति’ लगायत रहेका छन्।