सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपाली कांग्रेसको आउँदो अधिवेशनबाट वडादेखि प्रदेशसम्म सवा तीन लाखभन्दा बढी नेता छान्न लागेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार, वडा कार्यसमितिदेखि प्रदेश कार्यसमितिसम्म तीन लाख ३५ हजार ५८ जना निर्वाचित हुनेछन्।
देशभरका ६ हजार ७४३ वडामा ४४ जनाका दरले कार्यसमिति चयन हुनेछ। जसमा दुई लाख ९६ हजार ६९२ नेता चयन हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। उनका अनुसार, ७५३ स्थानीय तहमा १४ जनाका हिसाबले १० हजार ५४२ जना नेतृत्वमा आउनेछन्। प्रदेश सभा क्षेत्रमा १५ हजार १८० र प्रतिनिधि सभा क्षेत्रमा नौ हजार ७५ प्रतिनिधि चयन हुनेछन्।
यससँगै महासमिति सदस्य एक हजार ९८० निर्वाचित हुनेछन्। त्इस्तै, जिलला कार्यसमितिमा १८ जनाको हिसाबले एक हजार ३८६ जना नेतृत्वमा आउने कटुवालले जानकारी दिए। यससँगै सातै प्रदेशमा २९ जनाका हिसाबले प्रदेश कार्यसमिति चयन गरिनेछ। जसमा २०३ जना नेतृत्वमा आउनेछन्।
त्यस्तै, केन्द्रीय महाधिवेशनका लागि ६ हजार ५२८ प्रतिनिधि चयन हुने उनले जानकारी दिएर जसमा महाधिवेशन प्रतिनिधि पाँच हजार ४४५, प्रदेश सभा क्षेत्रीय सभापति ३३० र स्थानीय तहका सभापति ७५३ जना रहेका छन्।
यसबाहेक विदेशस्थित जनसम्पर्क समिति, भातृ संस्था, शुभेच्छुक संस्थाबाट पनि प्रतिनिधि चयन हुनेछन्। वडादेखि प्रदेश अधिवशेनका लागि कांग्रेसले नौ हजार ९४ जनालाई खटाएको कटुवालले जानकारी दिए।
विशेष महाधिवेशनबाट आएका गगन थापा नेतृत्वमा असोज ३ गतेदेखि वडा अधिवेशन सुरु हुँदै छ। पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने यसमा सहभागी नहुने भएको छ।