एक हप्तामा ग्यास अभाव हट्ने उद्योगमन्त्रीको दाबी

मंगलबार, भदौ ३०, २०८३

काठमाडौं । सरकारले भारतबाट दैनिक १६० बुलेट ग्यास आयात गर्ने भएको छ । अहिले भएको अभाव टार्नका लागि ग्यासको आयात बढाउन लागिएको उद्योगमन्त्री दीपक साहले बताएका छन् ।

यसअघि दैनिक करिब १०० बुलेट ग्यास आयात हुने भनिए पनि भारतबाट औसत ९० देखि ९५ बुलेट मात्रै नेपाल आइरहेको छ । त्यसमाथि कृष्णभिरमा गएको पहिरोका कारण राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो ।

हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिन्डरहरू काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।

नवनियुक्त उद्योग मन्त्री साहले आज आयल निगममै गएर ग्यासको माग र आपूर्तिको अवस्था बुझेका थिए । मन्त्रीको निर्देशन अनुसार निगमले इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरेको जनाइएको छ ।

नेपालको माग बमोजित थप दैनिक ६० बुलेट ग्यास दिन आइओसी तयार भएको मन्त्री साहले जानकारी दिए । अबको एक हप्तामा ग्यासको आपूर्ति सहज हुने उनको दाबी छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १९:४३
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार