पहिरोमा पुरिएर पाल्पामा ५ जनाको मृत्यु

आइतबार, असोज ११, २०८३

काठमाडौँ। अविरल वर्षाका कारण पाल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । शुक्रबार एक जना र शनिबार राति ४ जनाको मृत्यु भएको पाल्पाका एसपी दिपेन्द्र पञ्जियार थारुले बताए ।

शुक्रबार रुब्दीकोट गाउँपालिकामा ५९ वर्षीय कृष्ण कुमारी सारुको मृत्यु भएको थियो । माथागढी गाउँपालिका–३ भसकटामा शनिबार राति पहिरोमा पुरिएका ३ जनाको शव निकालिएको छ । 

एउटै घरमा पुरिएका ७५ वर्षीय लिल बहादुर घर्तिमगर, उनकै छोरी १९ वर्षीया दिना घर्तिमगर र सोही घरमा बस्न गएकी १५ वर्षीया झरना घर्तिको मृत्यु भएको हो ।

झरना घर्ती आफ्नी साथी दिनाकोमा बस्न गएको बेला पहिरोमा पुरिएकी हुन् । उनीहरूको शव पहिरोबाट निकालेर पोस्टमार्टमको लागी जिल्ला अस्पताल लगिएको एसपी थारुले जानकारी दिए ।

माथागढी गाउँपालिका स्थित वडा नम्बर–२ को रक्सेमा पहिरोमा परेर ७५ वर्षीय शेरबहादुर चिढी मगरको मृत्यु भएको छ । शुक्रबारदेखि परेको पानीका कारण पाल्पामा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । रातोपाटी

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार