राजनीतिक विश्लेषक भरत दाहाल

आइतबार, असोज ४, २०८३

विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार आइतबार बिहान बेलबारीबाट पक्राउ परेका हुन् ।

दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन । उनी पछिल्लो समय बालेन शाह सरकारका विरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए । साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरेको कटवालले बताए ।

दाहाललाई आजै काठमाडौं पठाइने उनले बताए । दाहालविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

दाहाल बेलबारीमा कार्यक्रमका लागि पुगेका थिए । तर, प्रहरीले भने कार्यक्रमका बारेमा कुनै जानकारी नभएको बताएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार