सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छाडेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई रिहा गरिएको पुष्टि गरे।
उनले भने, ‘उहाँलाई सुरक्षित स्थानतर्फ पठाइसकेका छौँ।’ यसअघि अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई शनिबार अबेर राति महाराजगन्जस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो।
यद्यपि अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको नभई भौतिक आक्रमण हुने सूचनापछि उनकै सुरक्षाका लागि जबरालाई प्रहरीकहाँ लगिएको दाबी गरेको थियो।