jumla 7 jumla 7
jumla 7 jumla 7
२३औँ जिल्ला सम्मेलन

अखिल (क्रान्तिकारी) जाजरकोटको २३ औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा प्रखर सि निर्वाचित

शुक्रबार, माघ २६, २०८०

माघ २५ जाजरकोट । नेपाल कम्युनिष्ट पार्टीको जनबर्गीय संगठन अखिल (क्रान्तिकारी) जाजरकोट जिल्लाको ऐतिहासिक २३औँ जिल्ला सम्मेलन नलगाड नगरपालिका को सभा हलमा सानदार रुपमा सम्पन्न भएको छ।

naumule

सम्मेलनमा केन्द्रिय समिति सदस्य चन्द्र सी को प्रमुख आतिथ्यता, अखिल (क्रान्तिकारी) दक्षिण कर्णाली ब्यूरो इन्चार्ज हरि सी को विशेष आतिथ्यता, पार्टी जिल्ला सेक्रेटरी द्वोय धन्जित सि र गोविन्द सि तथा अखिल क्रान्तिकारी जाजरकोट जिल्ला इन्चार्ज दिपेन्द्र सि अखिल (क्रान्तिकारी )डोल्पा संयोजक बिज्ञान सी , लगाएतको उपस्थित रहेको छ।

उक्त कार्यक्रमको अध्यक्षता प्रखर सी र संचालक. बिज्ञान सी ले गरेका थिए। उक्त सम्मेलनबाट प्रखर सी को अध्यक्षातामा २५ सदस्यीय जिल्ला समिती चयन भएको छ जसमा अध्यक्ष- प्रखर सी, उपाध्यक्ष- महेन्द्र सि सी, सचिव- कमला सी, सहसचिव- गणेश सी, कोषाध्यक्ष-कविता सी लगायत २५ सदस्यीय रहेका छ्न।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्