जीवन विज्ञान संस्थापक भानु शर्मा इन्टरनेसनल स्टार ह्युमेनिटेरियन अवार्ड २०२६ बाट सम्मानित

मंगलबार, असार २३, २०८३

नेपालगन्ज l स्टार स्कलर्स नेटवर्कले जीवन विज्ञानका संस्थापक एवं विश्वप्रसिद्ध आध्यात्मिक सद्गुरु श्री एल पि भानु शर्मालाई ‘ स्टार ह्यमेनिटेरियन अवार्ड २०२६’ बाट सम्मानित गरेको छ ।

यही जुलाइ ५ मा भर्जिनियामा आयोजना गरिएको एक विशेष समारोहमा सद्गुरु शर्माले यो सम्मान प्राप्त गर्नुभएको हो । सद्गुरु शर्मालाई लि युनिभर्सिटिको अन्तर्राष्टिय उच्च शिक्षा निर्देशक डा. रोय वाइ चानले उक्त सम्मान सम्मान गरे ।

जीवन विज्ञानका संस्थापक सद्गुरु श्री शर्माले स्वजागरण, सजगता एवं ध्यानका माध्यमबाट विश्व समुदायलाई सुख, शान्ति र समृद्धिका लागि निरन्तर पुर्याउनुभएको दूरदर्शी नेतृत्व तषा समग्र कल्याण, मानव मर्यादा तथा व्यक्तिको आन्तरिक रुपान्तरणका लागि यो सम्मान प्रदान गरिएको कुरा स्टार स्कलर्स नेटवर्कका ग्लोवल कनेक्सन अवार्डका अध्यक्ष डा. किथ राइटले जानकारी दिए । उक्त सम्मानको महत्वबारे प्रकाश पार्दै अध्यक्ष राइटले श्रद्धेय भानु गुरुदेवलाई उक्त सम्मानका लागि चयन गर्नुका आधार प्रस्तुत गरेका थिए ।

संसारभरिका ११५ देशमा रहेका २३५३ विश्वविद्यिालयका ३३ हजारभन्दा विश्वभरिका अनुसन्धाता, शोधकर्ता, वैज्ञानिक तथा प्राध्यापकहरु यस विश्वव्यापी सञ्जाल (नेटवर्क) मा आवद्ध छन् । यस पुरस्कारबाट यसअघि विश्वप्रसिद्ध नेत्ररोग चिकित्सक नेपालका डा. सन्दुक रुइत सम्मानित हुनुभएको छ ।

स्टार स्कलर्स नेटवर्कले प्रदान गर्ने यो सर्वोच्च पुरस्कार रहेको कुरा स्टार स्कलर्स नेटवर्कले जनाएको छ ।741215442_1334208088919287_1212623148356399244_n-1783396325.jpg

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  ०९:३८
प्रतिक्रिया दिनुहोस्