jumla 7 jumla 7
jumla 7 jumla 7

दिपक अर्याल त्रिविको उपकुलपतिमा नियुक्त

बुधबार, असार २५, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।

naumule

शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।

तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् । अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् । १५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्