सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । त्रिभुवन माध्यमिक विद्यालयले बालबालिकाको शैक्षिक सुधारको अभियानमा लागिपरेको बताएको छ । भेरी नगरपालिका ३ खलंगा जाजरकोटमा रहेको त्रिभुवन माविले बालबालिकाको शैक्षिक सुधारमा प्रयास गरिरहेको सहायक प्रधानाध्यापक पार्वती थापाले जानकारी दिइन ।
यस शैक्षिक वर्षदेखि कक्षा छोड्ने दर कमगरि कक्षा कोठामा वालबालिकालाई नियमित गराउन बिद्यालयको तर्फबाट रणनीति तयगरि लागु गरिएको छ ।
विद्यालयका अनुसार विगतमा विद्यार्थीले कक्षा छोडी विभिन्न गतिविधिमा लागेर पठनपाठनलाई नै असर गरिरहेको अवस्था थियो । अहिले प्रत्येक पिरियडमा विद्यार्थी सङख्या यकिन गर्न, विद्यार्थी अनुपस्थितिको जानकारी विषय शिक्षकले विद्यालय प्रशासनलाई दिने गरिएको छ ।
यस्तै विद्यालय प्रशासनले तुरुन्तै अभिभावकलाई फोन मेसेज गरि विद्यार्थीले कक्षा छोडेको जानकारी गराउने, बालबालिकालाई स्वास्थ्य समस्याभई कक्षा छोड्न चाहेमा अभिभावकलाई जानकारी गरि सोको रेकर्ड समेत राखेर घर तथा अस्पताल जान अनुमति दिने र पुर्याउने, समय समयमा विद्यालय प्रशासनले कक्षामै गएर विद्यार्थीलाई मोटिभेसन गरिरहेको छ ।
अभिभावक र अन्य क्षेत्रका व्यक्तित्वहरुको तर्फबाट प्रशासनको प्रयासहरुलाई सहयोगको अपेक्षा बिद्यालयले गरेको छ । आफ्नो बालबालिकाको गतिविधि बुझ्न समय समयमा विद्यालयमा आउनु हुन र कतै बच्चा विद्यालय जान्छु भनि घरवाट निस्कने तर बिद्यालयमा नपुगि बिच बाटोमै बसेर दुव्र्यसनीको सिकार त भइरहेको छैन भन्ने विषयमा अभिभावक चनाखो हुनुपर्ने विद्यालयले अपनाएको रणनीतिमा उल्लेख छ ।
घरपरिवार र विद्यालयको संयुक्त निगरानीले विद्यार्थी दुव्र्यसनमा लाग्नबाट रोक्न सकिने भएकाले विद्यालयले सबैसँग सहयोगको अपेक्षा गरेको सहायक प्रधानाध्यापक पार्वती थापाले बताइन ।