jumla 7 jumla 7
jumla 7 jumla 7

अनेरास्वियू (क्रान्तिकारी) नौमुलेको सम्मेलन सम्पन्न

बिहीबार, साउन १०, २०८१

साउन १०, दैलेख । अनेरास्ववियू (क्रान्तिकारी ) नौमुले गाउँ समिति दैलेखको प्रथम पालिका सम्मेलन सम्पन्न भएको छ । 

naumule

आज नेकपा माओवादी केन्द्र नौमुलेको पार्टी कार्यलयको हलमा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज प्रकाश अधिकारी,  संगठनका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला सम्मेलन प्रतिनिधि हिक्मत शाही, नेकपा माओवादी केन्द्र नौमुले गाउँ कमिटि अध्यक्ष सन्तोष चन्दको आतिथ्यतामा सम्मेलन सम्पन्न भयो ।

सम्मेलनले उमेश सलामीको नेतृत्व २१ सदस्यीय गाउँ पालिका कमिटी चयन गरेको संगठनका केन्द्रीय सदस्य तथा नौमुले गाउँ कमिटी इन्चार्ज बिशाल सलामी मगरले बताए ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्