कविता

शुक्रबार, भदौ १२, २०८३

मेरो देशलाई दसैं भन्दा पहिले दसा आई भेट्छ 😓
अनि सारा रङ्ग उजाडी दिन्छ 
कसैका  सपना बगाई लग्छ 
कसैकाे सपना देख्ने अवस्थासम्म लुटिदिन्छ 
ऊ आउँछ त मेरै आमाको आगनमा 
कहिले राक्षस बनेर कहिले आडम्बरीकाे देवता बनेर 

उसले जिन्दगीका हजारौं पलहरु हेर्न बाकी थियो 
त्यो एक पल हेरेरै उसका आँखा थाके 
काेहि आयो अचानक उसकाे मुटुको ५ कुना टुक्र्याई गयो 
हिजो कसैले त्यो आगनलाई केही भन्दा पनि तम्सिने ऊ 
आज पुरै गाउँनै समाई लग्दा पनि बाेल्न सकेको छैन  
उसले भन्दैछ 
मेरो बाकी नै के छर 
कसका लागि के मागुँ म 
बरु गएका भए म उनीहरु सँगै 
यादकाे भुमरीबाट मुक्त हुन्थे म
कसरी हेरुँ म आफ्नै मुटुका टुक्राकाे चिहान 
जिन्दगी यहीँ दिनका लागि थियो 
थाहा भएका भए म उनीहरूलाई ठूला सपना पूरा गरिदिने बाचा गर्नेनै थिएन 
अब त्यो बाचा कसरी निभाउ म 
म जिउनु त कसका लागि 
अनि केसका लागि बाँच्नु 😢

एउटी छाेरीलाई बा र आमालाई कसैले केही भन्दा त पीर पर्छ 
उसलाई के भयो हाेला जसले आँखै अघि बाआमाकाे शरीर बगेको हेर्न बाहेक अरु केही गर्नै सकिन । 😭
उसले चित्तलाई कसरी बुझाउदै छे हाेला । 
बाेल्न नसकेकी उसको मस्तकले उसलाई के भन्दैछ हाेला । 

हिजो रङ्गिन मेराे देशको आगन आज उसले  मरुभूमि भन्दा उजाड बनाई गयो 
यदि उसको पनि मन भएका भए , म उसलाई भन्न जाने थिए 
"एकपटक मेरो आमाकाे आगनमा टुटेका सपना हेरी जा । " 
यदि उसका पनि आँखा भएका भए , म उसलाई देखाउने थिए 
ती काेपिलाका घाउ जसले आमा गुमाए । 
यदि उसको पनि घर भएका भए , म उसलाई साेध्ने थिए 
सिरान बनाई निदाएको माटो नरहदा शिरले सिरानीलाई खाेज्न कहाँ जान्छन् ?
यदि उसकी पनि आमा भएका भए , म उसलाई आमा छुट्दा 
कस्तो हुन्छ देखाउने थिए । 

सायद कसैको नजर लागेको छ मेरो देशलाई 
नभए भर्खरै पुरिन लागेको घाउमा नुन छर्किन 
किन आउथ्याे काेही !!!😪

 फर्कि आउ शान्ति तिमी !!!!🛐🤞🤲🙏
तारा भट्टराई 
छेडागाड नगरपालिका -३ चुवा, जाजरकोट

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १७:१६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार