सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
हुम्ला । हुम्लाकाे ताँजाकाेट गाउँपालिकाकाे कार्यालय आगलागी भएकाे छ। राति १ बजेकाे समयमा ताजाँकाेट गाउँपालिका कार्यालय आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
स्थानीय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे डीएसपी शंकर खडकाले बताए । गाउँपालिकाकाे भवनकाे लेखा शाखाकाे स्टाेरमा बिजुलीकाे तार सर्ट भई आगलागी भएकाे हुन सक्ने डीएसपी खडकाले बताए।
स्थानीय र प्रहरीकाे सहयाेगमा ३ बजे ४५ मिनेटमा आगाे पूर्ण नियन्त्रणमा आएकाे खडकाकाे भनाइ छ। आगलागीबाट ४ थान काठको र्याक, १ थान सुत्ने खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री जलेर नष्ट भएको छ ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ। अनलाइनखबर