कर्णालीकी छोरी सुमी खड्काको ऐतिहासिक सफलता ! स्पिकिङ टाइटनमा प्रथम रनर-अप

बुधबार, वैशाख ३०, २०८३

नेपालगन्ज l कर्णालीकी छोरी तथा बहुप्रतिभाशाली युवा वक्ता सुमी खड्काले प्रतिष्ठित The Speaking Titan season-1 मा प्रथम रनर-अप उपाधि हासिल गरेकी छन्।

आत्मविश्वासपूर्ण प्रस्तुति, प्रभावशाली वक्तृत्वकला तथा सामाजिक मुद्दामाथिको सशक्त अभिव्यक्तिमार्फत उनले निर्णायक र दर्शकको ध्यान आकर्षित गर्न सफल भएकी हुन्।

फाइनल चरणमा सुमीले महिला सुरक्षा तथा सामाजिक चेतनासँग सम्बन्धित संवेदनशील विषयमा सशक्त मन्तव्य प्रस्तुत गरेकी थिइन्। उनले बलात्कार तथा महिला हिंसासँग सम्बन्धित यथार्थ घटनालाई आधार बनाएर समाजको मौनता, न्याय प्रणालीका चुनौतीहरू तथा पीडितप्रतिको दृष्टिकोणमाथि प्रश्न उठाएकी थिइन्।

उनको मन्तव्यले कार्यक्रमभर उपस्थित सबैको ध्यान आकर्षित गरेको थियो। कर्णालीको प्रतिनिधित्व गर्दै प्रस्तुत भएकी उनको अभिव्यक्तिले “कर्णाली पनि बोल्न सक्छ” भन्ने सन्देशलाई थप सशक्त बनाएको छ।

चार्टर्ड एकाउन्टेन्सी (CA) अध्ययनरत तथा बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित सुमी खड्का यसअघि पनि विभिन्न कार्यक्रमहरूमा उत्कृष्ट उद्घोषण तथा सार्वजनिक वक्तृत्वमार्फत परिचित रहँदै आएकी छन्। कर्णालीबाट राष्ट्रिय मञ्चसम्म पुगेको उनको उपलब्धिलाई धेरैले प्रेरणादायी रूपमा लिएका छन्।2024d316-393d-42be-b6a8-be9436ab2773-1778670074.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १६:४७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार