भानु गुरुदेवको उपस्थितिमा संयुक्त राष्ट्र संघ मुख्यालयमा आरोग्य उत्सव मनाइने

सोमबार, चैत २३, २०८२

अध्यात्म र आधुनिक विज्ञानको संगम ‘जीवन विज्ञान’ को विशेष अग्रतामा संयुक्त राष्ट्र संघले अप्रिल १५ तारिखलाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’का रूपमा घोषणा गरेको छ। यो नेपाल र सम्पूर्ण विश्वका लागि एक ऐतिहासिक र गौरवपूर्ण क्षण हो।

यसै विशेष उपलब्धिको सन्दर्भमा, आगामी अप्रिल १७ तारिखका दिन न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको सचिवालय भवनमा एक भव्य कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा जीवन विज्ञानका संस्थापक श्रद्धेय भानु गुरुदेवको समुपस्थितिमा विश्वव्यापी आरोग्य र मानसिक शान्तिका विषयमा विशेष प्रवचन तथा सत्रहरू सञ्चालन हुनेछन्।

संयुक्त राष्ट्र संघको सम्मेलन कोठा२ मा दिउँसो ३:०० देखि ६:०० बजेसम्म आयोजना हुने यस कार्यक्रममा सहभागी हुनका लागि आयोजकले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ। सुरक्षा संवेदनशीलता र संयुक्त राष्ट्र संघको नियमअनुसार, कार्यक्रममा प्रवेशका लागि अनिवार्य प्रवेश पत्र (पास)को व्यवस्था गरिएको छ। इच्छुक सहभागीहरूले संस्थाद्वारा उपलब्ध गराइने गुगल फर्म(आवेदन फारम )मार्फत आफ्नो नाम यथाशीघ्र दर्ता गराउनुपर्नेछ।

नेपाली पहिचान र आरोग्यको सन्देशलाई विश्वस्तरमा पुर्‍याउने यो महत्वपूर्ण अवसरमा सहभागी भई कार्यक्रमलाई भव्य रूपमा सफल पारिदिनुहुन जीवन विज्ञान परिवारले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्