सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जनताको संघर्षबाट प्राप्त संघिय गणतान्त्रिक ब्यबस्थामा हामी उभिएका छौ । यो व्यबस्थामा उभिदै गर्दा हाम्रा बिचमा अनेकौ प्रश्नहरु उठ्ने गरेका छन । ब्यबस्थाकै बिरुद्धमा कयौ समुहहरुले प्रश्न गर्ने गर्छन तर ब्यबस्था ठिक छ, उत्तम छ ।
लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हुन्छ कदापि अरु हुन सक्दैन तर बिडम्वना लोकतान्त्रिक ब्यबस्थामा उभिदा सम्म पनि भुईं मान्छे अर्थात गरिखाने, गरिब, किसान सर्वहारा बर्गको पक्षमा कसले बोल्दिने ? कहिले बोल्ने ? र भुईं मान्छेको अधिकार कसले खोस्छ ? यो बहुत गम्भीर बिषय छ ।
मलाई लाग्छ हामी कतै चुक्यौ कि ? हामीले सामान्तवादका पिछलग्गुहरुसंग भुईं मान्छेलाई रगेटिउकी, पुँजीवादी ब्यक्तिको दलदलमा फसेर कतै हाम्रो धरातल भुल्यौ कि यी र यस्ता बिषयबस्तुहरु हर हामी भुईं मान्छेको मानस्पटलहरुमा घुमिरहन्छन ।
यो सुन्दर लोकतान्त्रिक ब्यबस्थामा उभिदा समेत हामीले बिकास निर्माण, जिवनशैली परिवर्तन, आर्थिक अबस्थामा सुधार, सामाजिक सहिष्णुता, भाइचाराको सम्बन्ध, सामाजिक एकता कायमगरि गरिबलाई गरिब होइन गरिबलाई आय आर्जन, सिपमुलक कार्यक्रमबाट मात्र नभई सामजिक चेतना ( शिक्षा, बिकास) बाट माथी उठाउन सक्नु भुईं मान्छेको आवाज हुन सक्छ । नेपालका कयौ ठाउँ, बस्तीहरुमा बाटो पुगेको छैन । त्यहाँका मान्छेहरुको अबस्था के होला ? ती मान्छेहरुको दुख, पीडा र भोगाई कसले बुझ्दछ राज्य किन निरीह हुन्छ ?
यत्रो सुन्दर ब्यबस्थामा उभिदा पनि सरकारको नीति कार्यक्रममा, बजेटमा भिन्नता किन ? बजेटमा कमिसन भुईं मान्छेबाट, बिकासमा कमिसन भुईं मान्छेबाट, सुशासनमा भिन्नता गरिब र धनी बिचमा, शिक्षामा भिन्नता गरिब र धनि बिचमा , सामाजिक कार्यमा भिन्नता यी यस्ता यस्ता यावत बिषयबस्तुमा भिन्नता किन ? राज्य कहाँ छ ? राज्यले निर्माण गरेका कार्यक्रमहरु कस्ता हुन ? राज्य किन तल्लो तहसम्म अर्थात मुईं मान्छे सम्म पुग्ना सक्दैन ? यो बढो गम्भीर बिषय छ ।
जनताले जनताद्वारा जनताकै लागि भनिन्छ लोकतन्त्र । संघीयता लोकतन्त्रबिना सम्भव छैन । दलित, उत्पीडित वर्ग, समुदाय, आदिवासी जनजाति, उपेक्षित क्षेत्रका जनताको हक स्थापित गर्न लोकतन्त्र चाहिन्छ । त्यसो त हाम्रो संविधानले नै लोकतान्त्रिक समाजवादको परिकल्पना गरेको छ ।
लोकतन्त्र, समानता र समाजवाद हाम्रा लक्ष्य हुन् । किनभने लोकतन्त्रबिना हाम्रा हक अधिकारहरु पनि सुरंक्षित छैनन् तर लोकतन्त्रमा ज्यादती बढ्दो छ । लोकतन्त्र त लोकतन्त्र बढी छाडा लोकतन्त्र भयो । ब्यबस्था परिवर्तन होइन सुदृढ, परिवर्तनशिल लोकतन्त्रको खाचो देखिन जान्छ ।
मान्छे बढी महत्वाकांक्षी हुन लागे । नेताले जनतालाई दास सम्झना लागे, राज्यले तल्लो तह ( दुरदराजका बस्तिहरुमा ) हेर्ने नजर फरक पार्यो ! बिकासलाई कमिसनमा जोडियो, बजेट शहर केन्द्रीत हुन्छ ! पहाडी मुलका मान्छेहरुको जीवन स्तर खस्किदो छ । हिउद, वर्षामा चिसोले कट्याइग्रीयर बस्नु परेको छ जनता ! कयौको अकालमै ज्यान जान्छ तर राज्य फेरि निकम्मा देखिन्छ । आशा कसको ?
राज्य त एक शासन संचालन गर्ने प्रणाली अर्थात एक समग्र संगठनको रूपमा लिन सकिन्छ । संघिय प्रणालीका सात प्रदेश सरकारहरूको एउटा देश हो । तर प्रदेस सरकारहरुले नि जनताको हरेक चासोको बिषयलाई सम्बोधन गर्नको सट्टा आफु र आफ्नो वरिपरिका हलोलठ्ठुहरुको भ्रमको जालमापरि जनतामा प्रदेश सरकारको असली रुप दिन नसक्दा संघीय ब्यबस्थामा देश उभिदा संघियतामाथी प्रश्न खडा हुन पुगेको छ । अब भन्नुहोस जनतामा निरासा नछायी के छाउछ ?
राज्य कहाँ चुक्यो..?
१.आर्थिक बिकासको लक्ष्य प्राप्तीमा चुक्यो २.युवाहरुको ब्यबस्थापन÷ दक्ष जनशक्तिको पलायन ३.राज्य नीति निर्माणमा चुक्यो ४.संविधान संसोधनमा चुक्यो ५.शुसासनमा चुक्यो ६.संसदीय ब्यबस्थालाई चिन्न नसकेर ७.लोकतान्त्रिक ब्यब्स्थालाई बलियो बनाउन नसक्दा ८.राज्यले अख्तियार गरेको शिक्षा प्रणालीले व्यक्ति वा समाजलाई नैतिकवान, सभ्य, शिष्ट, कर्मशील, साँस्कारिक एवं देशभक्त बनाउन सकेन । यस्ता यावत बिषय बस्तुहरुमा राज्य चुकेको छ । त्यसैले राज्य सुत्ने होइन उठ्ने हो । राज्यले माथिल्लो होइन भुईं मान्छेको आवाज सुन्ने हो, ठूलो सामान्तबादी सोच भएका लगाएकहरुको कुरा सुन्ने होइन गरिवको दुख सुन्नु पर्छ ।
अन्तमा : युवाहरुलाई मेरो अनुरोध छ युवा भनेका परिवर्तन, बिकास र सिर्जनाका वाहक हुन । बिकासका मेरुदण्ड हुन । द्वन्द्वका बन्दुक मात्र नभएर स्वतन्त्रताका सेनानी हुन । एक पटक मुलुक बदल्ने सपना देखौ सकारात्मक सोचको निर्माण गरि सामाज रुपान्तरणको बाटोमा लम्कौ । यो आहा लाग्दो ब्यबस्थामा उभिएर ब्यबस्थाको रंक्षा संगै कुइएका खोस्टाहरुलाई डस्बिनमा फाँली सुनौलो बिहानीको सपना देखौ ।
(लेखक शर्मा नेपाली कांग्रेस प्रदेश–सभा क्षेत्रीय कार्यसमिति जाजरकोट (ख) का सभापति हुन )