सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
वर्तमान राज्यसत्ताका मालिक के पि ओलि, शेर बहादुर देउवा, बिष्णु पौडेल, प्रकाशमान सिह, आर्जु राणा, नजिकका सहयोगी पात्र, गगन थापा, बिश्वप्रकाश शर्मा, सुर्य थापा, महेश बर्तौला जि २०४६ सालको राजनीतिक परिवर्तन पछि झण्डै–३६बर्ष राज्य सत्ता संचालनको जिम्मेवारीमा लामो समय रहेका के पि ओलि शेर बहादुर देउवा, पुष्पकमल दहाल हुन । जुन अवधिमा बिथिति अनियमितता, कुशासन र भ्रष्टाचारले सिमा नाघेको छ ।
राष्ट्रघाति सन्घि सम्झौता भएकाछन । नदिनाला बेचिएका छन । सयौं स्थानहरुमा राष्ट्रिय सिमाका पिल्लर फालिएका छन । राष्ट्रिय उद्योगहरु बेचिएका छन । उद्योग संचालनमा रहेका सरकारी जग्गा बेचिएका छन । जसका कारण मुलकको आवश्यकतामा आधारित बस्तुले ५२% हिस्सा लिएको र विभिन्न मुलुकमा निर्यात गरिने नेपाली उत्पादन सुन्य अवस्थामा पुर्याइएको छ । देशलाई पुर्णरुपमा पर निर्भरतामा धकेलिएको छ ।
यति मात्र होइन छानबिन प्रक्रियामा रहेका भ्रष्टाचारका मुख्य काण्डहरु– लाउडा, ह्वाइटबडी, धमिजा यति, ओम्नि, सुडान, बतास, एनसिएल, हेलो, बिधुत महशुल, जलरी पानीजहाज, रेल खरिद, टेरामोक्स, सेकुरेटी कार्ड, सेनटरी प्याड मनिलोन्ड्री, होलिवाइन, पोखरा विमान स्थल, भैरहवा, निजगढ सुन तस्करी, भुटानी सरणार्थी, भिजिट भिसा, जग्गा प्रकरणहरुमा बाँसबारी, नेपाल स्काउट, रेडक्रस, बालमन्दिर, छायासेन्टर, ललिता निवास, टिकापुर, जनकपुर, गिरिबन्घु टि स्टेट, पतन्जलि योग पिठ, लिचिवारी सहितका हजारौं स्थानमा लाखौं बिघा समाप्त पारिएको छ ।
यी तमाम काण्डहरुबाट उन्मुक्ति पाउनका लागि न्यायलय, अख्तियार, सम्पत्ति सद्धिकरण, निर्वाचनआयोग अन्य सुरक्षा संयन्त्रमा दलिय भागबन्डा गरेर पार्टीका हनुमानहरु भर्ति गरेर भ्रष्ट, अपराधी, राष्ट्रघातिहरुलाई संरक्षण गरिएको छ । यसको यथेष्ट उदाहरण शहकारी बचत अवचन प्रकरणलाई लिन सकिन्छ ।
सुर्य थापा संयोजक रहेको संसदीय समितिको प्रतिबेदनमा–८७ अरव रकम ठग प्रमाणीत भएका नेपाली काँग्रेसका नेता तथा सांसदहरु–धनराज गुरुङ १४ करोड ८१ लाख, माया राई ३ अरव, तेज बिक्रम थापा २ अरव ८२ करोड, चन्द्र लामा ८ अरव ५९ करोड, सुरेन्द्र भण्डारी ६ अरव, भरत महर्जन १० अरव ३४करोड, केदारनाथ शर्मा १६अरव, जिबी राई १६अरव ५० करोड जम्मा रु ६३ अरव ३९ करोड ८१ लाख अबचलन सामान्य धरौटीमा रिहाइ ।
नेकपा एमालेका नेता तथा सांसदहरु केडि उप्रेती ८ अरव, इच्छाराम तामाङ ७ अरव ८२ करोड, देव कुमार नेपाली २ अरव, ऋषिकेश पत्नि २ अरव,जम्मा–१९ अरव ८२ करोड अवचलन सामान्य धरौटीमा रिहाइ । राज्यशक्तिको बलमा देश भरिका शहकारीहरुमा झण्डै ९ खरव रकम भन्दा बढी अनुदान हालेर संस्थागत भ्रष्टाचार गरेको बिपक्षीहरुलाई प्रतिशोध पुर्ण तरिकाले कारागार चलान गरिएकोले यी बिथितिहरुको चाङमा उभिएर रवि लामिछानेले कुनै पनि सहकारी बाट ऋण मागेर सहिछाप गरेर रकम खातामा हालेको प्रमाण छैन भन्ने तर देश भरिका कारागारमा घुमाइ रहने तिम्रो प्रतिशोध नेपाली जनताले बुझ्दै छन ।
पतन्जलि योगपिठलाई जटिबुडी उत्पादन, प्रशोधन आयुर्वेदिक शिक्षायल र हस्पिटल संचालनका लागि मन्त्री परिषदको निर्णय अनुसार ब्यक्तिबाट हदबन्दी भन्दा माथिको जग्गा खरिद गर्न दिने निर्णय गर्ने तर माधव कुमार नेपाललाई भ्रष्टाचारको आरोपमा थुन्न खोज्ने, जग्गावाला ब्यक्तिहरुलाई मूल्य दिएर पतन्जलि योगपिठको नाममा जग्गा खरिद गर्दा कहाँनेर हुदोरहेछ भ्रष्टाचार ।
आफुले हजारौं बिघा सरकारी जग्गा बिक्री वितरण गरेर खाने मुद्दा माधव नेपाललाई लगाउने । शहकारीको ९ खरव भन्दा बढी रकम खाने मुद्दा रवि लामिछाने माथि लगाउने । नेपाली जनताले तिरेको कर, राजश्व र भन्सारबाट संकलन भएको ९६ खरव भन्दा बढी रकम लुटने अव मुद्दा कसलाई लगाउने भ्रष्टाचारीहरु सच्चिन र लुटेको सम्पत्ति राज्यलाई फिर्ता गर्न तयार हुनु ।
कम्बोडियाको टेलिकम र अन्य देशमा गरिएको खरबौ लगानी फिर्ताल्याउ । अहिले रवि लामिछानेलाई प्रतिशोध साध्न राखेको खोर भन्दा सानो खोरमै मर्ने दिन नआओस । देश दौडाहको अभियानबाट चेतना भया !!
( खडका नेकपा (एकीकृत समाजवादी) जाजरकोट जिल्ला सह इन्चार्ज एवम् केन्द्रीय सदस्य हुन )