सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपाली राजनीतिक वृत्तमा २०८२ साल विशेष रह्यो । राजनीति सधैं एकै र उस्तै रहदैन ,यसमा आरोहअवरोह आइरहन्छ। २०८१ असार मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल को सरकार लाई अपदस्त गर्दै २०७९ को निर्वाचनमा पहिलो र दोस्रो ठुलो दल बनेका कांग्रेस र एमाले ले मिलिजुली सरकार चलाउने निर्णय सहित नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओलि लाई प्रधानमन्त्री बनाए। अघिल्लो सरकारले जनतामा मर्दै गएका आशालाइ पुनर्जीवित गर्न भ्रष्टाचार विरोधी अभियानको जेहाद छेडिरहेको थियो । भ्रष्टाचार कान्डमा कांग्रेस एमाले का हाइप्रोफाइल नेताहरु तानिने खतरा देखिएपछि सरकार ढालिएको आरोप प्रचण्डहरु लगाउछन । जे होस् सत्ता को बाघडोर देशका दुई ठुला पार्टी ले समाले उनिहरुको झन्डै दुई तिहाई को सरकार बन्यो ।
प्रचण्ड को जादु नम्बर ३२ लाई फेल खुवाइदिए। आम जनताले सरकार बाट धेरै अपेक्षा नगरे पनि देशमा सुशासन र अमनचयन कायम होस् भन्ने अपेक्षा गरेका थिए। सुशासन कायम हुनु त परको कुरा यसका बाछिटा पनि देखिएनन । आफ्ना आसेपासे ,भरौटे,चाकरीलालहरु लाई पोस्ने खेलमा सरकार लिप्त भयो । सत्ताको आडमा जनताको रगत र पसिना बाट उठेको करमा रजाइँ गर्न थाले। त्यसको सुक्ष्म निगरानी जनताले नजिकबाट गरिरहेका थिए। जब सरकारले भ्रष्टाचारका फाइलहरु बन्द गर्यो सामाजिक संजाल नियमनको नाम मा नियन्त्रण गर्न खोज्यो तब कांग्रेस एमाले को सत्ता क्षण भर मै खरानी बन्यो ।
घटना हो २०८२ भदौ २३ र २४ को कांग्रेस एमाले को सरकार मा मौलाउदै गएको भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रता को माध्यम बनेको सामाजिक संजाल फेसबुक बन्द मुख्य कारण देखाउदै नवपुस्ताले गरेको विद्रोह ले एमाले कांग्रेस को सत्ता लाई खरानी मात्रै बनाएन विद्रोह भित्रको घुसपैठले देशका धरोहर सांस्कृतिक सम्पदा सिंहदरबार ,संघीय संसद भवन ,सर्बोच्च अदालत अन्य सरकारी कार्यालय सबै ध्वंस भए बनाइए। सरकारी सम्पत्ति मात्रै होईन अर्थतन्त्र को खम्बाको रूपमा देखिएको निजि क्षेत्र लाई पनि छानीछानी आगो लगाइदिए तहसनहस पारिदिए। अपराधीहरु जेल फोडेर भाग्ने माहोल बन्यो लुटेराहरु ले देश सम्पत्ति मात्रै लुटेनन हाम्रो राष्ट्रियता र अस्मिता पनि लुट्ने प्रयत्न गरे यद्यपि अहिले पनि गरिरहेका छन् ।
विद्रोहमा नेताहरुका घरहरू छानीछानी आगो लगाइए सबै संरचना ध्वस्त भए यति मात्रै होइन तत्कालीन अवस्थामा देशको ठुलो पार्टीका सभापति नै कुटिए तत्कालीन प्रधानमन्त्री हेलिकप्टर चडेर भाग्नु पर्यो ठुला नेताहरु चरादुला लुक्नुपर्यो। सिंहदरबार जलिरहदा नेपाली सेना मुखदर्शक बन्यो । सबै पार्टीका झोलेझ्याम्टे देश जलाउन तम्सिए र जलाए पनि यति नभए तत्कालीन सरकारका खलपात्र ले राजीनामा दिनु त परै जाओस् दम्भ र अहंकार प्रदर्सन गरिहन्थे। भदौ २४ गते सबै संरचना जले ध्वस्त भए कानुनी कागजात सबै नष्ट भए। २४ गते राती सबै संरचना ध्वस्त भएपछि बल्ल नेपाली सेना निन्द्राबाट ब्युझियो ।उसैको मध्यस्थता बार्ता बस्यो नागरिक सरकार निर्माण गर्ने र संसद भंग गरि आम निर्वाचनमा जाने गरि सहमति भयो । भदौ २७ मा पुर्वप्रधानन्यायाधीश सुशीला कार्किको नेतृत्वमा नागरिक नामको सरकार बन्यो र संसद भंग गरि फागुन २१ लाई निर्वाचन मिति तोक्यो । यसबीच संसद पुनःस्थापन को लागि सर्बोच्चमा मुद्दा हालेका देखि निर्वाचन देखि डराएका सबै निर्वाचनमा नचाहेर पनि लतारिए अन्ततः फागुन २१ मा निर्वाचन सम्पन्न भयो र त्यसको सम्पुर्ण नतिजा पनि आइसकेको छ।
यसपटकको निर्वाचनमा परिणाम अनपेक्षित रूपमा आयो। देशका ठुला भनिएका कांग्रेस एमाले बढारिए । २०७९ मा स्थापना भएको पार्टी रास्वपा उदयमान शक्तिको रूपमा झन्डै दुई तिहाई मत सहित पहिलो पार्टी बन्यो। कांग्रेस एमाले र नेकपा लज्जास्पद नतिजा सहित क्रमशः दोस्रो,तेस्रो र चौथो दल बने। सधैं निर्णायक र सशक्त देखिने कम्युनिष्टहरु यसपटकको निर्वाचनमा रक्षात्मक अवस्थामा पुगे। अरु पार्टी भन्दा भिन्न र जनताका मसिया बन्न नसकेकै कारण सर्वनाक हार व्यहोर्नुपरेको हुनसक्छ। ।
नेपालको संसदीय राजनीतिमा पछिल्ला दुई दशक कम्युनिस्ट शक्तिको बोलवाला रह्यो । यही दौरानमा पाँच जना कम्युनिस्ट नेता प्रधानमन्त्री बने । जसमा केपी शर्मा ओली चार पटक, पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन पटक, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई एक–एक पटक । यसपटकको निर्वाचनमा समानुपातिकतर्फ कुल एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको छ । जसअनुसार यसपटक ६ दल रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै ‘थ्रेसहोल्ड’ कटाएका छन् ।थ्रेसहोल्ड कटाउने कम्युनिस्ट पार्टी एमाले र नेकपा गरी दुई वटा मात्रै कायम भएका छन् ।
थ्रेसहोल्ड नै कटाए पनि उनीहरूले पाएको समानुपातिक मत यसपटक निकै निराशाजनक छ । रास्वपाले एक्लै ५१ लाख ८३ हजार ४९३ मत पाएको छ । जुन कुल सदर मतको ४७.८४ प्रतिशत हुनआउँछ । दोस्रो स्थानको कांग्रेसले १७ लाख ५९ हजार १७२ मत पाएको छ । जुन १६.२४ प्रतिशत हो । तेस्रो स्थानमा अटाएको पहिलो कम्युनिस्ट शक्ति एमालेले १४ लाख ५५ हजार ८८५ समानुपातिक मत पाएको छ । जुन १३ दशमलव ४३ प्रतिशत मात्रै हो, भने नेकपाले ८ लाख ११ हजार ५७७ समानुपातिक मत प्राप्त गरेको छ ।
जुन ७.४९ प्रतिशत मात्रै हुन आउँछ । यसपटक समानुपातिकतर्फको निर्वाचनमा एमाले र नेकपासहित ८ प्रस्ट कम्युनिस्ट पहिचान बोकेका दल सहभागी थिए । बाँकी ६ कम्युनिस्ट शक्तिले जम्मा एक लाख ११ हजार १३९ मत मात्रै प्राप्त गर्नसके । यसरी नेपालका सबै कम्युनिस्ट पहिचान भएका शक्तिहरूले कुल २३ लाख ७८ हजार ६०१ मत मात्रै प्राप्त गरेका छन् ।
जुन कुल सदर मतको २१.९५ प्रतिशत हुन आउँछ । एमाले र नेकपाबाहेक नेपाल मजदुर किसान पार्टीले ४२ हजार ३०१, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५५, नेकपा माओवादी २३ हजार ८६४, नेकपा मालेले ६ हजार १७२, नेकपा माक्र्सवादी (पुष्पलाल)ले ४ हजार ८३२ र नेकपा (संयुक्त)ले ४ हजार ५१५ मत मात्रै प्राप्त गरेका छन् । नेपालको पछिल्ला दुई दशकको राजनीतिमा कम्युनिस्ट जनमत यति धेरै कमजोर अवस्थामा पुगेको यो पहिलो पटक हो । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु कमिसनको खेल मा चुर्लुम्म नडुब्ने जनताका मुद्दामा निरन्तर लागिरहेको भए अहिलेको यो दुरावस्था आउने थिएन ।
कम्युनिष्ट नेतृत्वमा यसरी इमानदारीताको खडेरी परिदियो कि नेताहरुमा राष्ट्रिय चिन्तन कहिल्यै हाबी भएन । चप्पल लगाएर उपत्यका पसेका नेताहरु जिन्दगीमा राजनीतिबाहेक कुनै कर्म नै नगरी पजेरो चढेर हिड्ने भए। तर तिनका मतदाता चाहिँ भोको पेटको पीडा खप्न बाध्य भैरहे। लोकतन्त्रमा देश विकासको पहिलो आधार नेतृत्वको इमानदारीता हो।