असममा भारतीय वायु सेनाको मालवाहक विमान दुर्घटना

शनिबार, जेठ ३०, २०८३

काठमाडौं । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ ।असममा अवस्थित जोरहाट एयर फोर्स स्टेशनमा शनिबार वायु सेनाको एएन–३२ ट्रान्सपोर्ट एयरक्राफ्ट दुर्घटनामा परेको हो ।

वायु सेनाका प्रवक्ता विंग कमान्डर जयदीपलाई उद्धृत गर्दै बीबीसी हिन्दीले समाचारमा लेखेको छ, ‘जोरहाट एयर फोर्स स्टेशनमा एएन–३२ दुर्घटनाग्रस्त भएको छ । तर, अहिले घटनाको जानकारी लिइरहेका छौं ।’

दुर्घटनाबारे भारतीय वायु सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जोरहाटमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको र कारण पता लगाउनका लागि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिने बताएको छ ।

अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा आगो लागेको छ । दुर्घटनामा भएको हताहतीबारे जानकारी नआएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  १४:३०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार