सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपालमा बादी समुदाय बिगतमा शैक्षिक क्षेत्रबाट टाढा रहयो । गरिबी, आर्थिक अभाव र पढनुपर्छ भन्ने चेतनाको कमिले यो समुदायका बालबालिका बिगतमा पढाईबाट बन्चित भए ।
यसले गर्दा सरकारी सेवामा यो समुदायको प्रवेश र सहगागिता न्युन रहन गयो । २०६२/०६३ को जनाअन्दोलन अघि बादी समुदायले बालबालिकालाई स्कुल पठाएर पढाए पनि साक्षरताको लागि मात्रै थियो । आज पढीलेखी सरकारी सेवामा कैयौले प्रवेश गरेका छन । तर अब पढीलेखी आफ्नो खुट्टामा आफै अभिनुपर्छ भन्ने सोच बादी सुदाय र उनीहरुका बालबालिकामा तीब्र बनेको छ ।
बादी समुदायमा आज बालबालिकालाई पढाउनु पर्छ र पढनुपर्छ भन्ने सोचाइमा परिवर्तन आएको छ । यतिमात्र होइन बादी समुदायका बालबालिका प्रायः तिक्ष्ण बुद्धिका, मिष्ठ भाषी, सरल स्वभावकै हुने हुनाले यी बालबालिका सबै खाले परिस्थितिमा घुलमिल भै कडा मेहनतगरि छोटो समयमै उपलब्धि गरेको पाइन्छ ।
पछिल्लो १९/२० बर्षको समय यता बादी समुदायका बालबालिकाहरु देशको विभिन्न बिद्यालय तथा बिश्व बिद्यालयहरुमा अध्ययन गरि रहेको पनि पाइन्छ । छोटो समयमा यो समुदायका युवाहरूमा शिक्षा प्रतिको झुकाव बढ्दो देखिन्छ भने यही कारण बादी समुदायका सयौ युबाहरु सरकारी तथा गैरसरकारी संघसंस्थाहरुमा रोजगारी गरि रहेको पाइन्छ ।
कर्णाली प्रदेशको जाजरकोट, रुकुम, सल्यान, दैलेख, सुर्खेत आदि लगायतका युवाहरु लोकसेवा आयोग, शिक्षक सेवा आयोग, अन्य सस्थानहरुमा हजारौंको भिडमा आफुलाई अबल साबित गर्दै सरकारी सेवामा प्रवेश गरेका छन । केही युबाहरु नेपाली सेना, प्रहरी पनि भएको पाइन्छ ।
यो हामीले शिक्षा प्रति देखाएको झुकावको ताजा परिणाम हो । केही समय पहिले बादी समुदायका युवाहरूका लागि शिक्षा भनेको के हो ? कहाँ प्राप्त हुन्छ ? कसरी लिने ? आदि प्रश्नको समस्या भएको त्यो शिक्षा आजको युगमा आएर आजको त्यो प्रविधिमैत्री, रोजगारमुलक शिक्षा प्राप्त भएको बल्ल अनुभुत भएको छ । यी र यस्तै उदाहरणले गर्दा गरे के पो हुदैन र ? भन्ने प्रश्नको उत्तर दिएको छ ।
१९/२० बर्ष पछिको शिक्षा सँगको नाताले बादी समुदायमा खुशी छाएको छ । अन्तमा समयमै जीवन उपयोगी शिक्षा प्राप्त गरि सभ्य नागरिक बनौ र देशको सेवा गरौ । धन्यवाद !
(जाजरकोट छेडागाड नगरपालिका ८ निवासी लेखक नेपाली जुनीचाँदे गाउँपालिका वडा नं ६ जनक आधारभुत विद्यालयका शिक्षक हुन )