एमालेले केन्द्रीय कमिटी बैठक बोलायो

आइतबार, कात्तिक २९, २०८३

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए ।

‘राष्ट्रिय भेला लगत्तै स्थानीय तहका जनप्रतिनिधिहरुको भेला र भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भन्ने भएको छ,’ आचार्यले भने ।केन्द्रीय कमिटी बैठकको एजेण्डा भने तय भइनसकेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  १५:१९
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार