डीप स्टेट र अमेरिकी फन्डबाट चल्नेहरूको देवत्वकरण गरिन्छ : सांसद शाही

मंगलबार, कात्तिक २४, २०८३

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अमेरिकी मिडिया र दातृ संस्थाहरूले केही व्यक्तिलाई अन्तर्राष्ट्रिय रूपमा "शक्तिशाली र लोकप्रिय" देखाउने प्रचार गर्ने आरोप लगाएका छन्। उनले यस्तो प्रचारको जालमा परेर देशहरू नै ध्वस्त हुन सक्ने चेतावनी दिएका छन्।

शाहीका अनुसार "डीप स्टेटका मान्छे" र अमेरिकी कोषबाट सञ्चालित व्यक्तिहरूलाई अमेरिकाको न्यूयोर्क टाइम्स र विभिन्न दातृ संस्थाहरूले संसारकै शक्तिशाली र लोकप्रिय भनी प्रचार गर्छन्। उनीहरूको "देवत्वकरण" गरिन्छ र अन्तर्राष्ट्रिय छवि निर्माण गरिन्छ। अन्ततः त्यही प्रचारको जालमा देशहरू फस्छन् र देश नै ध्वस्त हुने अवस्था आउँछ भन्ने उनको तर्क छ।

जेलेन्स्कीको उदाहरण

आफ्नो भनाइको उदाहरणका रूपमा शाहीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नाम लिएका छन्। उनका अनुसार कुनै समय जेलेन्स्कीलाई संसारकै शक्तिशाली नेताका रूपमा देवत्वकरण गरियो। "तर आज युक्रेनको अवस्था कस्तो छ, त्यो संसारका सामु छ," उनले लेखेका छन्।

शाही जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। उनी राप्रपाका एक्ला निर्वाचित सांसद, पार्टीको संसदीय दलका नेता र प्रवक्ता पनि हुन्। उनले संसद् र सडक दुवैमा जनताका मुद्दा उठाउँदै आएका छन्।Screenshot-2026-11-10-100559-1794284843.png

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  १०:१७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार