सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। चरित्रहत्याको आरोपमा उजुरी परेपछि उनलाई प्रहरीले आज बिहान निवासबाटै नियन्त्रणमा लिएको हो।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएको छ। यसअघि पनि उनी यस्तै प्रकरणमा पक्राउ परेर छुटेका थिए। यसैबिच नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उनको तुरुन्त रिहाइको माग गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो। नेपालको संविधान, क़ानुन र विश्वव्यापी मानवअधिकार सम्वन्धि मान्यताको उल्लंघन हो। सरकारको फासीवादी चरित्रको उदाहरण हो। किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर।’