सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। जुनिचाँदे गाउँपालिका- २ गैरीगुवामा कर्णाली प्रदेश ०२-००१ च १२४३ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्याला बस्ने २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्याला बस्ने दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारी छन्।
उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा बिपनाका पति ३० वर्षीय दिलबहादुर भण्डारी, उनका ४ वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्।
उनीहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ।
आज बिहान करिब २ बजेतिर सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।