दिल्लीमा चर्कियो आन्दोलन, ६०० पक्राउ

शनिबार, असोज २४, २०८३

भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआर निलम्बन माग गर्दै दिल्लीको जन्तरमन्तर र कनट प्लेसमा ककरोच जनता पार्टीका समर्थकहरूले विरोध प्रदर्शन गरिरहेका छन्। 

भारतीय अनलाइन दैनिक भास्करका अनुसार यस क्रममा प्रहरीले युट्युबर ध्रुव राठी सहित ६०० समर्थकलाई पक्राउ गरेको छ। 

यी क्षेत्रबाट प्रदर्शनकारीहरूलाई हटाइँदै छ। धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीहरू बिच झडप भएको छ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  १०:५०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार