रास्वपा सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

आइतबार, असोज ४, २०८३

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने भएका छन् । छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची-महाकाली पद यात्रा गर्ने सांसद सिंहले बताएका छन् ।

आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले मधेशलाई थप बुझ्न र मधेशलाई जोड्न पदयात्रा गर्ने बताएका हुन् ।

मा सीताको जन्मभूमि जनकपुरमा छठको पारनको दिन गंगासागरमा अर्घ्य दिएर मेची-महकाली पदयात्रा गर्छु,’ उनले भने, ‘मेरो पदयात्राको थिम छ । समाज जोड्नु पर्छ । राजनीति भनेको समाज जोड्नका लागि हो । देशको समृद्धिका लागि हो । अबको एकताको बाटो हुनुपर्छ ।’

उनले मधेशमा ६ वटा ‘स’ शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइमा परिवर्तन रहेको बताए ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १२:०९
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार