टुँडिखेलमा संविधान दिवस-२०८३

शनिबार, असोज ३, २०८३

नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज असोज ३ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने क्रम जारी छ। 

२०७२ असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र मौलिक हकसहितको ‘नेपालको संविधान’ जारी भएको थियो।

सोही दिनको स्मरणमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ। यसै क्रममा आज सरकारले काठमाडौँको टुँडिखेलमा भव्य समारोह आयोजना गरी संविधान दिवस मनाएको छ। 

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  ११:०८
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार