सूचना प्रविधिको दुरुपयोग रोक्न नेपाल प्रहरीमा एआई सेल, महानिरीक्षक कार्कीको घोषणा

सोमबार, माघ २६, २०८२

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन  गर्न लागेको बताएका छन् ।

सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरू प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उनको भनाइ छ ।

सोमवार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको बताए ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्