सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।
निकट स्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचाररत रहँदा उनको निधन भएको हो ।
स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारीक श्रोतले बताएको छ।