सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
दाङ (देउखुरी) — प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार मिति २०८२ साल माघ २१ गते बुधबार प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो।
प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १४, मिति २०८१/१२/२१ मा प्रकाशित सूचनाको आधारमा उक्त निर्णय कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ। सो दिन प्रदेशभित्रका सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा प्रदेश सरकार अन्तर्गतका निकायहरू बन्द रहनेछन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव लोकबहादुर सुनारद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै निकाय तथा आम नागरिकलाई जानकारीका लागि यो सूचना प्रकाशन गरिएको उल्लेख गरिएको छ।
प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशभर विभिन्न कार्यक्रम, सांस्कृतिक गतिविधि तथा औपचारिक समारोह आयोजना हुने छ।