बाँकेमा निर्वाचन प्रहरी छनौटको अन्तिम नतिजा सार्वजनिक

सोमबार, माघ १२, २०८२

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले निर्वाचन प्रहरी छनौटको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आवश्यक निर्वाचन प्रहरी छनौटका लागि सञ्चालन गरिएको प्रारम्भिक शारीरिक परीक्षण, शारीरिक सहनशीलता, लिखित तथा अन्तर्वार्ता परीक्षामा सहभागी उम्मेदवारहरूमध्ये योग्यताक्रम अनुसार मुख्य तथा वैकल्पिक उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी सूचनाअनुसार मिति २०८२/१०/०५ देखि २०८२/१०/११ गतेसम्म सञ्चालन भएको छनौट प्रक्रियामा सहभागी उम्मेदवारहरूमध्येबाट नतिजा तय गरिएको जनाइएको छ।

अन्तिम रूपमा छनौट भएका मुख्य उम्मेदवारहरूलाई मिति २०८२/१०/१३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गर्न आग्रह गरिएको छ। तोकिएको मितिमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्न कार्यालयले अनुरोध गरेको छ।

उक्त निर्वाचन प्रहरी छनौट तथा नियुक्ति सिफारिस उपसमितिको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।622203486_1213222960999808_1058607333206929064_n-1769401241.jpg

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्