सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ प्रयोजनका लागि सञ्चालन गरिएको निर्वाचन प्रहरी भर्ना छनोट प्रक्रियाको अन्तिम नतिजा सार्वजनिक गरेको छ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल कार्यविधि–२०८२ अनुसार सञ्चालन गरिएको लिखित तथा अन्तर्वार्ता परीक्षामा सहभागी भई उत्तीर्ण भएका तथा वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूको नामावली अन्तिम नतिजाका रूपमा प्रकाशन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालयका अनुसार अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारहरूले आफ्नो नेपाली नागरिकता प्रमाणपत्र र प्रवेशपत्र साथमा लिएर २०८२ साल माघ १३ गते बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनिवार्य रूपमा सम्पर्क राख्नुपर्नेछ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले समयमै उपस्थित हुन सम्बन्धित सबै उम्मेदवारलाई आग्रह गरेको छ।