नेपाली कांग्रेसले विशेष महाविवेशनको निर्णयलाई स्वीकार गर्दै एकता र परिवर्तनको यात्रा शुरु गरेको दाबी

पार्टी सभापतिको विशेष विज्ञप्तिमा गुटगत भेदभाव अन्त्य र ‘जनचाहनाको प्रभुत्व’को घोषणा
शुक्रबार, माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगद्वारा विशेष महाविवेशन सम्बन्धमा दिएको निर्णयलाई पूर्ण रूपमा स्वीकार गरेको छ। पार्टी सभापति गगन कुमार थापाले जारी गरेको विस्तृत विज्ञप्तिमा पार्टीले यस निर्णयलाई संविधान, कानून र पार्टी विधान अनुसारको मान्दै आभार व्यक्त गरेको छ।

विज्ञप्तिमा जोड दिँदै लेखिएको छ कि विशेष महाविवेशन कुनै विवादको विषय होइन, बरु यो पार्टीभित्र साझा परिवर्तन र देशको समृद्धिका लागि गरिएको ईमान्दार प्रयासको प्रतिफल हो। यसले पार्टी अब “नेताको चाहनामात्र होइन, आम सदस्यको चाहनाबाट चल्ने” संस्थाको रूपमा स्थापित भएको बताइएको छ।

नेपाली कांग्रेसले यसअघि सम्पन्न विशेष महाविवेशनको प्रक्रियालाई पार्टीको लोकतान्त्रिक पुनरुत्थानको सुरुवातको रूपमा व्याख्या गर्दै सबै सदस्य, अग्रज र सहयोगीहरूलाई एकताबद्ध रहदै जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेको छ। विज्ञप्तिमा स्पष्ट रूपमा उल्लेख छ– “आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुने छैन।”

यसैसँग पार्टीले आगामी निर्वाचनमा एकनास रूपमा सहभागी हुने र “सत्ताका लागि मात्र जोड्ने” राजनीतिक संस्कृतिलाई अन्त्य गर्ने संकल्प दोहोर्याएको छ। साथै, संविधान र जनताको अपेक्षा अनुरूप परिवर्तनशील, मूल्याधारित र जनमुखी पार्टीको रूपमा आफूलाई ढाल्ने बताइएको छ।

विज्ञप्तिमा पार्टीका पूर्व सभापति शेरबहादुर देउवा लगायत सबै तहका नेतृत्वलाई यस लोकतान्त्रिक प्रक्रियालाई सहज बनाउन सहयोग गर्न आह्वान गरिएको छ। अन्त्यमा, सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशभित्र र बाहिर रहेका समर्थकहरूलाई नेपाल निर्माणको यात्रमा सहभागी हुन आग्रह गरिएको छ।615196287_1429427365212481_2179806512080172229_n-1768579548.jpg

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्