कसैले हारेको महसुस नगरुन्, वैशाखमा नियमित महाधिवेशन गर्छु : गगन थापा

शुक्रबार, माघ २, २०८२

काठमाण्डौ l नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगबाट विशेष महाधिवेशन आयोजना गर्ने पक्षलाई आधिकारिता दिइएकोप्रति खुसी व्यक्त गरेका छन् ।

आयोगको निर्णय आउनेबित्तिकै दिएको यो अन्तर्वार्तामा उनले निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष, शेखर कोइराला पक्ष र भृकुटीमण्डप महाधिवेशनमा अनुपस्थित रहने कांग्रेस सदस्यहरुलाई हारेको महसुस नगर्न अपिल गरे ।

उनले आफू अझै सुदृढ र स्पष्ट कांग्रेस बनाएर लैजाने, सबैलाई समेट्दै वैशाखमा नियमित महाधिवेशन गर्न तत्पर रहेको समेत बताए । अनलाइनखबर

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्