सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सार्वजनिक सूचना अनुसार मिति २०८२ माघ २ गते (शुक्रबार) लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा रहनेछ।
प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १४ मा प्रकाशित सूचनाअनुसार माघे संक्रान्ति (माघी) पर्वको अवसरमा प्रदेश सरकारको निर्णय बमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
सम्बन्धित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, शैक्षिक संस्था तथा सरोकारवाला निकायहरूलाई जानकारी गराउन उक्त सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ।
सूचना लुम्बिनी प्रदेश सरकारका प्रदेश सचिव लोक बहादुर सुनार द्वारा हस्ताक्षरित छ।