विधान विवादबीच कांग्रेस विशेष महाधिवेशन सुरु, गगन–विश्वप्रकाशद्वारा उद्घाटन

आइतबार, पुस २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय  गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेका छन् । थापा र शर्माले दीप प्रज्ज्वलनसँगै विरुवामा पानी हालेर दोस्रो विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोह कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ ।

पार्टीका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विधानको धारा १७(२)अनुसार विशेष महाधिवेशन माग गरेका थिए । तर, पार्टी संस्थापन समूहले त्यसलाई विधानसम्मत नभएको भन्दै टारिरहेको बेलामा महामन्त्रीद्वयले आह्वान गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्