विशेष महाधिवेशन ‘निष्क्रिय’ घोषणा, कांग्रेसद्वारा मातहत निकायलाई परिपत्र

सोमबार, पुस २१, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ । नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित कांग्रेसले परिपत्र मातहतका तल्ला निकायमा पठाएको हो ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन भनिएको छ ।

पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार भनेर १९ गतेको मिति भएको परिपत्र कांग्रेसले आज आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।1-1-1086x1536-1767609025.jpg
2-1-1086x1536-1767609053.jpg
3-1-1086x1536-1767609095.jpg
 

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्