सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
युलेस (टेक्सास) — जीवन विज्ञान यूएसएको आयोजनामा चक्र विज्ञान (Chakra Vigyan) सम्बन्धी विशेष आत्मिक तथा शैक्षिक कार्यक्रम टेक्सासको युलेस शहरमा औपचारिक रूपमा सुरु भएको छ।
जनवरी ०२ देखि ०८, २०२६ सम्म सञ्चालन हुने उक्त कार्यक्रम युलेसस्थित Sapphire Banquet & Conference Center मा हरेक दिन बिहान ७:३० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रममा प्रख्यात आध्यात्मिक मार्गदर्शक रमेश गुरुदेव र भानु गुरुदेवको विशेष मार्गदर्शन रहनेछ। प्रशिक्षणका क्रममा मानव शरीरका सात प्रमुख चक्र, मानसिक सन्तुलन, आत्मिक चेतना, ध्यान विधि तथा समग्र जीवन व्यवस्थापनका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिनेछ।
आयोजकका अनुसार कार्यक्रमले सहभागीहरूलाई आत्म–चेतनाको गहिरो अनुभूति दिलाउनुका साथै मानसिक शान्ति, सकारात्मक सोच र जीवनशैलीमा सन्तुलन ल्याउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सीमित सिटको व्यवस्था रहेकाले इच्छुक सहभागिहरूलाई समयमै दर्ता गर्न आग्रह गरिएको छ। सहभागीहरूका लागि ब्रेकफास्ट तथा लञ्चको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
अमेरिकास्थित नेपाली तथा अन्तर्राष्ट्रिय समुदायबीच आत्मिक चेतना र पूर्वीय जीवन–दर्शनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमलाई चासोका साथ हेरिएको छ।