प्रतिनिधि सभा निर्वाचनमा आजदेखि समानुपातिकको बन्द सूची पेस गर्न सुरु

आइतबार, पुस १३, २०८२

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु भएको छ ।

निर्वाचनका लागि दर्ता भएका दलहरुले तोकिएको समयमा उम्मेदवारको बन्द सूची पेस गरिसक्नु पर्नेछ । निर्वाचन आयोगका अनुसार बन्द सूची पेस गर्ने समय सोमबार राति १२ बजेसम्मका लागि तोकिएको छ ।

बन्द सूची पेस गर्ने कार्यक्रम सुरु भएपछि नेपाल मजदुर किसान पार्टीको टोली बिहानै निर्वाचन आयोग पुगिसकेको छ । अन्य दलहरु पनि बन्द सूचीलाई अन्ति रुप दिने तयारीमा छन् ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्