भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल

आइतबार, पुस ६, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसहित सर्वपक्षीय छलफल गर्ने भएको छ । सोमबार राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगलगायत सम्बद्ध पक्षबीच निर्वाचनको तयारी, सुरक्षा, व्यवस्थापन, कानुन संशोधनलगायत विषयमा सर्वपक्षीय छलफल हुन लागेको हो ।

यसअघि पनि विभिन्न समयमा यसप्रकारका छलफल भएकामा निर्वाचनको तयारीको पछिल्लो उपलब्धि र प्रयास तथा सरोकार भएका पक्षको धारणा बुझ्न छलफल हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार छलफल सिंहदरबारमा हुनेछ ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १९:३३
प्रतिक्रिया दिनुहोस्