नविन चदाराको उपचारको लागि सहयोगको अपिल

सोमबार, मंसिर २९, २०८२

नेपालगन्ज । जाजरकोट छेडागाड नगरपालिकाका युवा नविन चदाराको परिवारले उपचारमा आर्थिक अभाव भएको भन्दै सबैसँग सहयोगको अपिल गरेको छ ।

नेपालगन्ज सञ्जिवनी अस्पतालको प्राइभेट वार्डमा गम्भीर अवस्थाका बिरामी चदाराको अहिले उपचार भईरहेको छ । छेडागाड ५ निवासीे २७ बर्षिय चदारा भिरबाट खसि घाइते भई मंसिर ६ गते अस्पतालमा भर्ना भएका हुन ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको दिमागको दायाँ–बायाँ टेम्पोरल र प्याराइटल भागमा धेरै चोट लागेको छ । दिमागको झिल्लीमुनि (बायाँपट्टि) रगत जमेको छ र झिल्लीबीचको भागमा पनि रगत बगेको छ ।

अस्पतालले पनि उनकोे स्वास्थ्य स्थिती गम्भीर रहेको जनाएको छ । 2nnnnnnnnnnnn-1765762297.png
nnnnnnnnn-1765762382.png
5nnnnn-1765762453.png
 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्